kavita

कबिता

खै !! शान्ति ……॥

प्रभात त छिट्टै आउनु पर्ने
आएन ऊ ! के भयो
सायद उषा तेतै गई होली
सूर्यू ले त बुझ्नै पर्ने हो नि
कोपिलाले पर्खि रहेको हुन्छ भनेर !!

किरण पनि त लौ आएन
ज्योतीको त आउने नामो निशाना छैन
फेरि सन्ध्याले के भन्ने होली
निशा यहाँ न आएको देखेर

क्षितिज त पक्कै आउदैन नै धेरै टाढा छ ऊ
सायद आकाशू ओरालो झर्दै होला
ध्रुवूको त केहि कुरा नै सत्य लाग्दैन
रोशनीले पहिल्यै भन्थी
खालि भवानासंग मात्र खेलवाड गर्छ भनेर

दिप-शिखा त देखिनु पर्ने
रोशन पनि हराएको हराएकै छ
पवन भने हाव हुरी बनेर आउछ
ताराले त अस्ति नै भनि सकेकी थी
चाँदनी त सधै ढिलो आउछ भनेर

पुर्णिमा त बर बिचरी ! आउछे जान्छे
खुशीको अनुहार त कतै कतै देखिन्दैन
अनन्त कहाँ हो खोई कस्लाई थाहा
ईश्वरूलाई नै साध्नु पर्ला अब
शान्ति कहिले आउछ भनेर

दुर्गा राई
भोजपुर-माङ्गदिङ्ग
हाल : इराक

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin