kavita

कविता

गाईने दाई.........!

मितिः माघ २४÷२०६२

तिम्रो अस्तित्व चुडिएछ
तिमी घाईते भएछौ
तिम्रो धुनमा गाउँलेहरु गीत सुन्थे
गाईने दाईको औला संगै तिमी रुन्थ्यौ
आफै संग सबैलाई रुवाउथ्यौ
म रुएँ थे तिमी संगै
तिमीले मलाई रुवाएथ्यौ
तर आज किन छुब्द्य भयौ
भनन् गाईने दाई ! सारङ्गिलाई के भयो
मुखिया बा ! हेर्नुस् न अशान्तीले तारै चँुटाई दियो
मालिक ! त्यसैले म तार जोड्दैछु ॥

… …

गोठ बेंसि गाउदै हिड्ने तिम्रो भाकाहरु
घर दलानमा उभिएर सबै पर्खिरहेछन्
आउन गाईने दाई सारङ्गि बजाउदै
नौरथको मालश्री गीतहरु गाईदेऊ
विरहका धुनहरु रेटी देऊ
अशान्ती र कोलाहाललाई छोपेर
शान्ती र साहास्का गीतहरु गाईदेऊ
तर तिमी आज किन अवाक छौ
भनन् गाईने दाई ! आज तिमीलाई के भयो
जिम्दार बा ! बन्दुक र बमको आवज भित्र मेरा आवज नै हारायो
मालिक ! त्यसैले मेरो आवज कुन हो छुट्याउदैछु ॥

… …

तिम्रै पौरखी धुनहरु संगै तिमी
कहिले हिमालपहाड तराई पुग्थ्यौ त
कहिले शहर चोक बजारमा थियौ
युगल जोडिहरुको पि्रतमा थियौ
स-सम्मान स्वगत् थियो त्यहि आँगनहरुमा
अझै पनि सायद पर्खिरहेका होलान्
तर आज तिमी कतै हराईसक्यौ हराउदैछौ
भनन् गाईने दाई ! आज तिमी कहाँ डुल्दैछौ
राई साब ! यो अभिभाज्य जातहरुमा म शुद्र परे रे
मालिक ! त्यसैले म एकान्तमा सर्दैछु ॥

दुर्गा राई भाजपुर जरायोटार २ बसेरी

1 comment:

  1. दुर्गा सर ! कविता अतीनै सुरीलो र मिठो लाग्यो, जसमा तपाँईका कवितात्मक भावनाका गाईने दाइ सँग-सगै म पनि एकै छिनको लागि भएनी भोजपुर नै पुगेर फर्केछु । एनि वे ईट्स् हर्ट टवचिङ । प्लीज, किप ईट अप !

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin