kavita

कबिता

"अधुरो चाहानाहरु "

मौलाएको आशा हरु
कुन्नी कता सरी गयो ।
खुशी सारा बटुलेर
सयौ खोला तरी गयो ।
आश्वासनको सेरोफेरो ।।
जमिन मुनी फसाएर
बिश्वासको मिठो बोली
हावा सँग टरी गयो ।
जाहिजुही चमेलिले
बसन्तमा फुल्यो मात्र ।।
वास्ना छर्न नपाऊदै
किन कुन्नी झरिगयो।
उपवन्मा लहराऊने
चन्चल्ताका रेशाहरु
निस्तब्धता अधेरिले ।
खुशी सारा हरि गयो
स्वार्णिमता चादनिमा
टल्पलाऊने
शितकोथोपा 
उशासँगै सुरजले
बिलिनतामा भरि गयो ।।
दिपक बस्नेत
जल्जला - ६ चुङ्खुरुङ
सङ्खुवा सभा
नेपाल

1 comment:

  1. दीपक जी नमस्कार
    तपैको कबिता धेरै राम्रो छ
    तपलाई सुवकामाना
    योगेन्द्र जोगी
    धुपू१ लेब्रांग
    संखुवासभा
    ईमेल - yogendra.yogen@yahoo.com

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin