kavita

कबिता

त्याग........!

देखेकोले हुन्न रैछ लेखेको नै पाउनु पर्ने
जती मायाले जिते पनि एकदिन मनले हार्नु पर्ने
तिम्रो माया पाउनलाई धेरै गरे तपस्या
प्राप्ती मात्रै हैन प्रेम्, त्याग पनि त प्रेम
अभिशाप सम्झ तिमी माया गर्छु जनम जनम
एकतर्फी माया पनि रमाइलो र मिठो हुन्छ
तिम्रो यादमा तडपिंदा, कल्पना रुपी महल बन्छ
तिमीले माया अन्तै तिर समर्पित गरे पनि
मेरो जीवन बाट तिमी अन्तै डेरा सरेपनि
केवल तिम्रै यादमा तड्पिएर बाँच्छु
तिम्रो सफलतामा सधैं सधैं हाँस्छु ।

-दिलु बि. क. "उपेक्षित"
तिवारी भञ्ज्याङ-६, भोजपुर

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin