kavita

कबिता

तिमी नजिक् थियौ र त्यो प्यारो लाग्यो जिन्दगि
तिमी छैनौ बिषालु झैँ लाग्छ सबै हावा पानि

तिम्रो अभावमा मात्र चिने मैले जगतलाइ
मुटु भित्र बिष भन्न सकिन आफ्नै रगतलाइ

माया गर्नु भुल हैन तर तिमीले भुल भन्यौ
जे ले मलाइ बिझाउँछ त्यसैलाइ तिमिले फुल भन्यौ

यो मन भित्र तिमिनै तिमी छौ यो मनलाइ नदुखाउ
हामी अझै नजिक हुन सक्छौ कुरा नलुकाउ

तिमी त खोला बनेर रमाउन सक्छौ
तिमी त तारा बनेर रात हसाउन सक्छौ

कस्लाइ सुनाउ मन्को ब्याथा मन्को रहर्
तिमिनै छैनौ भने कस्लाइ सुनाउ खुशिको खवर्

रमेश् पाठक (बिवश्)
आगिन् चोक- ३ गोलाङ
-धादिङ
Email-ramesh55biwash@yahoo.com

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin