kavita

कबिता

"आमा"

आमा तिमीलाई सम्झँदा ,
नयनमा मोती टल्पलाउँछ,
गाँठो पर्छ मुटुमा भक्कानीएर
लर्बराउछ पाइला धर्तिमा
हुर्कायौ बढायौ सहेर हजार चोटहरु
अनिदो छटपटीका रातहरु अनि भोकहरु
प्यासका पलपल घुट्कोहरु बिर्सेर
भबिष्यको मिठो सपना बुनेर
तातेताते हिडन सिकायौ
चिन्ताले फाटेको मन सिँउदै
अशिक्षाको डोको बोकेरै भए पनि
सीसाकलम समाउन सीकायौ
बाह्खरी लेख्न सीकायौ
तिम्रै श्पर्श कति पबित्र
पौडीरहें आँचल भित्र
कोरीरहन्थे सुनौलो सचित्र
भत्काउन दुखको पहाड
निस्कीएँ आगनबाट दिनदहाड
अग्लामहल र कारहरुको कोलाहल छिचोलेर
भावनमा डुबिरहे एकैछिन
कल्पनामा टोलाइरहेँ सम्झेर तिम्रै काख
तर भुलिरहेँ शहरको रमझममा
नशामा उम्लीयो तिम्रो याद
झस्कीए तर्सिएँ आफनै छायाँ देखेर
भुलिसकेछु तिम्रै माया
बिर्सीसकेछु तिम्रो छाँया
फोन गर्छु हरपल साथीलाई
एक घन्टी पनि बज्दैन तिमीलाई
जन्मायौ किन यस्तो सन्तान लाई !
यो ब्यस्तताको कुहिरो भित्र
सबैबाट तिरस्कृत भएछुँ
अपमानको पगरी गुथेछुँ
मानवता हराएको नगरीमा एक्लोभएछुँ
निसास्सीदो यो यात्रामा
पोलिरह्यो तिम्रो ममताले
बाटो भुल्ने छैन पाइला लर्रबराए पनि
बिर्सने छैन आफना लक्ष्यहरुलाई
पखाल्ने छु मेरा पापहरुलाई
रिन तिर्नेछु आमा तिम्रो चोखो स्नेहको
सुयोग्य सन्तान भएर फर्किनेछु
तिम्रै पाउमा पुजा गर्नेछु
आमा तिम्रै सेवा गर्नेछु
सुनिता गिरी
-हङकङ

4 comments:

  1. Ramro chha prayas.tapaiko kabita yatra jari rahosh.subha kamana

    ReplyDelete
  2. sampurna nepaliko kathaa bythaalaaii euta kabitako maadhyam bata pokhnu bhaeko maa sunita jee tapai lai dhera dherai dhanyabad aagami din haru ma pani padhna pai rahu.

    Bedana Rai
    Dubekol, Khotang
    prsnt: HK

    ReplyDelete
  3. wow mero maan choyo kabita le k chha b4 kabita je

    ReplyDelete
  4. Dadhai chha ramro kabita ko lagi

    Manoj kafle

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin