kavita

कबिता

मलाई माफ गर.......

प्रिय! मलाई माफ गर
सर्वहारा वर्गहरुको निम्ति
कुरुक्षेत्रमा आफुलाई उभ्याऊदा
तिम्रो साथ रहन सकिन

प्रिय! मलाई माफ गर
२३९ बर्षे सामन्तिवाद लाई
प्रतिवाद गर्दा, तिम्रो -
शिउँदोको रक्षक बन्न सकिन

प्रिय! मलाई माफ गर
निरङ्कुशताको प्रतिकारमा
दुश्मनको गोलिले म ढले
अब तिमि मे रो लासमाथि

चडाऊ श्रद्घाको फूल
हल्लाऊ विदाईका हातहरु पनि
तर नझार आशु मेरो अन्त्योष्टिको
नवगाऊ वेदनाहरु पनि

म जलिरहेको क्षणमा बरु
सक्छौँ भने हाँसीराख
खुशीहरु सँगाली तिमि
सुख सयल बाँचिराख।

मन्जीलदीप सुब्बा
आङ्सराङ् - ५ बरबोटे पाँचथर मेची नेपाल।
Email - manjeeldip@yahoo.com
Present - Qatar Foundation.

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin