kavita

कबिता

अतित .......!

किन आज मधुर बनेका छन
सधैं मुस्कुराउने ओठहरु
बिर्सिदिन्छु तिमीलाई भन्दापनि
बल्झी दिन्छ मनका चोटहरु!

तिमीसँगै खेलेका यादहरु
सम्झना बनिसधैं आईदिन्छ
झलक्क अतितलाई सम्झिदा
सम्झना बनी मुटु जलाई दिन्छ!!

सँगै खेलेका साथीहरुलाई
आज किन चटक्क बिर्सिगयौ
हाँसेर रमाउने उमेरमा
आजीवन संसार त्यागीदियौ !!!

सँगै बिताएका ति दिनहरु
अतित बनिदिएर आउँछन
एउटै संसार हेर्ने नयन
तिम्रै कल्पना गर्दै निदाउँछन !!!!

साथी छडीगयौ एक्लै मलाई
अँध्यारो भएनी भेट्न पाउँ
शुन्या लाग्छ अचेल यो संसार
सपनिमा भएपनि देख्न पाउँ !!!!!

सुगम बुढाथोकी "प्रतिक'
हर्दीनेटा-९, गुल्मी

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin