kavita

कबिता

धोका.....!!

फूल भनि रोज्यौ आखिर
काँडा मानी छोड्यौ किन?
धोका दिनु थियो आखिर
प्रेम गर्‍यौ नै किन?
मार्नु नै थियो आखिर
आशाको दियो जलायौ किन?
आँशुनै दिनु थियो आखिर
हाँसो दियौ किन?
शिशिर नै रोज्नु थियो आखिर
बसन्त बनी छायौ किन?
छोड्नु नै थियो भने आखिर
माया दियौ किन?
दुई मुटुको मिलन हुँदैन भने
प्रेम गर्‍यौ किन?

निमा ओङ्छ "निस्छल"
चौरीखर्क-८, लुक्ला बजार, सोलुखुम्बु

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin