kavita

कबिता

तिमीले मलाई चिनेकै थियौ त दलित भनेर
सम्झौता गर्‍यौ मंजुर हुँदै मान्छे झैं बनेर।
किन हो साँच्चै तिम्ले छोडीदियौ यो मेरो साथ
भनेकाइ थिएँ तिम्रो र मेरो मिल्दैन जात।
दलितलाई तिम्ले थानेका रैछौ साह्रै नै सस्तो
समाजमा उस्को इज्जत सधैं लुट्नै पर्छ जस्तो।
ठिकै छ अब तिमीले मलाई फर्केर नहेर
उदाउलातिम्रो समाजमा म मान्छे नै बनेर।
हार्दिन हिम्मत संघर्ष गर्छु दलिता जातीमा
नगरौं हामीले भेदभाव अब सहयात्री साथीमा।
सबिता खाती "अंजान"
चानुवा-२, कुसुमकुन्ज बस्ती,
धनकुटा

1 comment:

  1. १४ अञ्चल ७५ जिल्लाका कुना कन्दरा फाँट अनि पहाडका कुनामा फुलेका स-साना साहित्यलाई सम्हाली रहेको भोजपुरे ब्लगलाई माया गर्नुहोस, हामीलाई तपाईंहरुको अ्उल्य सुझाब अमुल्य लेख रचना पठाएर हामी तपाईं प्रतिको सदा सदाको यो हाम्रो नातालाई आलो राख्नु हुन अनुरोध गर्दछौ, ******भोजपुरे ब्लग परिवार ।

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin