kavita

गित

"गित"

भित्री आत्मा जलेपनि बाहिर हाँसिरहे
एकान्तमा एक्लै हुँदा बेस्सरिनै रोएँ

डढेलो भेटाएको अजिंगरझैं भयो जीवन मेरो आज
सहनेलाई नै धेरै गाह्रो भयो देख्नेलाई भयो मजा
बाध्यताको भुमरी मा आगो सल्काई जलिरहें
एकान्तमा एक्लै हुँदा बेस्सरिनै रोएँ

कोही कोही त अन्तिम घडी सहानुभुती देखाए झैं गर्छ
कोही चाही जानी जानी मेरै छाती माथी कुल्चिएर हिंडछ ।
जिउँदो लाश भए पनि जीवन हासिरहे
एकान्तमा एक्लै हुँदा बेस्सरिनै रोएँ

प्रतिमा तामाङ
पानी ट्यांकी-९, भोजपुर

1 comment:

  1. pratima g sabdaharu bilkulai ramra chhan yaslai aafaile shor diyera album nikalda kaso hola

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin