kavita

कबिता

छाप्रो हेरेर खिसिक्क हाँस्छन
हाम्रा अभ्यागत हरु
अधर्ना मजेत्रो बेरेर
मकै र भटमासले
पाहुना सत्कारछिन
हाम्री आमा!
प्रकृतिगत रात लम्बिदै जान्छ
जुलुसमा निस्केका छोरो हरुलाइ
शिशिरको चिसो सिरेटोमा थक्थकाउदै
भोकभोकै अँध्यारो सँग
उपास बस्छिन
हाम्री आमा!
आफ्नै रक्तको नसाम चुर
उषा अन्मिनु अलिक अघि आएका
आफ्नै पिपाशा छोरो हरुको
खोले र भटमासको निहुमा
लात र बात सहन्छिन
हाम्री आमा!
सपना मै ब्युँझेर
हाम्रा अभ्यागत हरु
शान्तीका आग्रह गर्छन
तर अनर्थ छोरोहरुको दृष्टिबिष्मा
नाठो पाने बेश्या बन्छिन
हाम्री आमा!
क्यान्सर र दमको खोकीमा
रगतका फाल्सा हरु खकारेर
कुलत कुपुत हरुको झुटो लान्छनामा
फूल जस्तो कोमल शरिरले
डन्डा र कोर्‍रा पछौछिन्
हाम्री आमा!
छोरोहरु थुक्छन, धिक्कार्छन्
आमाको त्रुटि खोतल्छन
अमानवता र निश्ठुर्ता सँग
तै पनि ति कुपुत हरुको प्रायस्चितमा
यशु झैन् चुपचाप् झुन्दिन्छिन
हाम्री आमा!

देविन बावु  राई
बसाहा १, उदयपुर

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin