kavita

कविता

फूल र ढुंगा साम्राज्य......

म झन् अविचलित भएँ
ढुंगाको पहाड फुटेर
पहिरोले मैदान छोप्न थाल्यो ।
त्यो बेला
पहाडभरि मैदानहरु थिए
एकनासे फूलको टार
र थियो बासनाहरुको गरा ।
एक दिन ढुंगाले आफु
कुरुप हुनुको रिस
फूलका टारहरुमा जोत्न थाल्यो
र म झन् अविचलित भएँ
ढुँगाको पहाड फुटेर
पहिरोले मैदान छोप्न थाल्यो ।
टार उबडखाबड भयो
मैदानमा ढुंगाको पहाड फुट्यो
पहाडका मैदान छुटे
मैदानभरि ढुंगाको वर्षा भयो
बासनाका आली भत्किए
सुन्दर बगैंचा एकाएक
ढुंगा साम्राज्य बन्यो ।
बासना लिलाम भयो ।
अनि पत्थरमा च्यापिएर
फूल ग्याँचे बने
मेरुदण्ड भाँचिएका फूलहरुले
फूलको अस्तित्व बचाऊ गरे
फूलको टार र एक अधमरो फूलमा
के फरक छ
अमुल्य फूलहरु ढुंगाको सेपमा
चिसाम्य छन् ।
तर म फूल तातो देख्दछु
काँडा छिमलेर फुलेको फूल
हाँगैपिच्छे फूर्तिलो रातो देख्दछु ।
ढुंगाको बुईं चढ्न फूलको खुट्टा
उचालिएको छ मानौं ।
तंगि्रएको फूल देखेर
मैले सोचें-
फूलको सपना पिङ् हाल्न मिल्ने
रुख हुनु होइन ।
फूल छामेपछि थाहा भयो-
एक दिन फूलको पहाड फुटेर
पहिरोले मैदान छोप्न थाल्नेछ
र॥ म झ् अविचलित भएँ ।
एक दिन फूलको पहाड फुटेर
पहिरोले मैदान छोप्न थाल्नेछ ।
र॥ म झन् अविचलित भएँ ।

- निराजन बतास

भोजपुर
हाल : काठमाँडौ

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin