kavita

कबिता

(मेरो देशको माटो...)


आहा ! कति मलिलो छ मेरो देशको माटो
लालीगुरास फक्रीएर सजिएको पाटो
बिहानीको झिसमीसेमा झोला बोकी आएँ
प्रदेशको यो जिन्दगीमा आफु एक्लो पाएँ

डाँडापाखा हरियाली गाँउघरको मायाँ
छाती भरी छल्किरह्यो हिमालको छायु
लुटुपुटु खेल्ने आगन कस्तो भयो होला
गोठमा मेरो माली गाईले सम्झी रोयो होला

लहलह झुल्यो होला मेरो खेत बारी
साथीभाईले भन्दै होलान गयो माया मारी
कर्मरेखा कोर्ने निहुमा छाडी आएँ देश
आँटो पीठो आफनै मीठो सुहाउने भेष

देशको माटो सम्झी आज धर्कि रोयो मन
प्रदेशको यो झिलिमीली भयो सुनसान बन
बर पिपलको चौतारी र नागबेली बाटो
सम्झि आउँछु लड्दै पड्दै मेरो देशको माटो

सुनिता गिरी

हङकङ

2 comments:

  1. sarai ramro chha. keep it up,

    raj robat ajnabi atm_sms6pal@yahoo.com

    ReplyDelete
  2. सुनिता जी सारै राम्रो लाग्यो तपाईको कबिता जाहा जस्तो परिबेशमा भए पनि आफ्नो देशको माया लाग्नु स्वभाविक हो। समग्रमा राम्रो लाग्यो।संगम

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin