kavita

कविता


"वाह हरि राज"


गर्जिन्थ्यो ऊ
रङगमन्चका दृश्य हरुमा- मेघ जस्तै
पड्किन्थ्यो ऊ
माइकका भोल्युमहरुमा- बन्दुक जस्तै
चम्किन्थ्यो ऊ
सिर्जनाका हारहरुमा- चन्द्रमा जस्तै
ऊ एउटा कलाकार
ऊ एउटा सर्जक
साँस्कृतिक चेतनाको
राँको बोकेर
आगोका लप्काहरु
आँखाभरि बाल्दै
उसले बाटो मोड्यो
एउटा लक्ष्य भेट्न
उसको ध्यय
अन्यायको नाश
फुल्नु पर्छ-फल्नको लागि
उठ्नु पर्छ-हिंड्नको लागि
उसले अँगालेको
एउटा साश्वत सत्य
उसले भोगेको एउटा धमिलो युग
उसले रोजेको
एउटा युगान्तकारि बाटो
ऊ लम्क्यो
एउटा निश्चित गन्तब्य छुन
चट्टान छेडेरै उम्रन्छ पिपल
जिउँदो बाघकै जुङ्गा उखेल्छ मर्द
एउटा क्रान्तिवीर
जसले युग हाँक्यो

एउटा विप्लवी मन
जसले इतिहास रच्यो
जनता जिन्दावाद
मेघ जस्तै
फेरि गर्ज्यो ऊ
कहिल्यै हार्न जानेन उसले
शायद ऊ हार्दैन
ऊ जन्म्यो धेरै चोटि
धेरै रुपमा
अपदस्त जिन्दगी बोकेर
अन्त्यहिन सपना सँगै
कट्मेरो रातका प्रहरहरु काट्यो
सपनालाई विपनामा बदल्न
अप्रत्यासित मोडियो ऊ
रङ्गमन्च बाट
स्टुडियोका अन-एयरहरु बाट
जनता जनार्दन
एकमुस्ट आवाज बोकेर
फुत्त निस्क्यो वस्ती बाट
र शंखघोष गर्यो
विद्रोहको
क्रान्तीको
अनि
शान्तिको
उसको जीत
निश्चित थियो
जित्यो

पहिरियो
विजयश्रीको ताज
मलाई सम्झना छ
रङ्गकर्ममा उसको साथ
मलाई हेक्का छ
जिवन यात्रामा उसको हात

यतिबेला
मलाई गर्व छ
उसले सिर्जेको
यो इतिहास

भन्न मन लागेको छ
वाह हरि राज !!!

( रङ्गकर्मका मेरा सहयात्री, धनकुटा क्षेत्र नं-२ बाट विजयी सभासद श्री हरि राज खेवाको राजनीतिक सफलता प्रति बधाई र आगमी प्रगतिको शुभ कामना सहित )

-गणेश खड्का " प्रतिक्षा "
तिवारी भन्ज्याङ्ग- ४ भोजपुर
हाल : भिक्टोरिया ( सिसेल्स )

4 comments:

  1. kabita ka harafa haru sarhai marmasparsi chhan yastai kabita puna padhirahan pau thanks

    ReplyDelete
  2. sangaiko sathi hawai jahaj mathi ma vedi gothalo, vanne git lai samjhayo malai ta.

    ReplyDelete
  3. बेनामी जी, कविताका हरफहरुलाई मर्मस्पर्शी भनिदिएर प्रसंशा गर्नु भएकोमा मेरो कलम लाई अरु उर्जा प्राप्त भएको महशुस् गरेको छु, धन्यवाद तपाईंलाई । अनि मोनिका जी, सिर्जनाको क्षेत्रमा कहिल्यै इर्श्या र हिनताबोध हुँदैन । मित्रको प्रगतिमा प्रफुल्लित मनले कहिल्यै पनि आफ्नो अवस्थाप्रती दुखेसो पोख्दैन,फेरी म आफ्नो क्षेत्रमा आफुलाई सफल नै ठान्दछु । कर्मको हिसाबले हवाईजहाज उडाउनु र भेडी गोठालो गर्नु दुबैले आ-आफ्नै महत्व बोकेका हुन्छन्। जे भए पनि मेरा सिर्जनाहरु पढिदिनु भयो यसैमा मलाई लाख छ र सधैं तपाईंको प्रतिकृयाको भोको रहने छु। धेरै-धेरै साधुवाद तपाईंलाई। बस्,,, - गणेश खड्का " प्रतिक्षा "

    ReplyDelete
  4. kabita haro eakdam naai ramro ani herdaya sparshi chhan yo kabita jaslaai samarpan garnu bhaeko ra nabhaeko bayakti haro le ra sabai le naai yo kabita paadnu bhaepachi aafo desh aafo bhaasa ra saskriti laai sabai le maya ani garbha saath sampurana desh ani bidesh ma baasnu hune Daju,Bhai,Didi,Baini haro le yo kabita ka haraf haro le bhane jaai taya bhanieka kura haro grahan ra mann garna saakun yahi naai hami haro ko kartavaya banna aauchha jasto lagchha.Bhabisaya ma pani yastai prakar ka kabita ko aasha gardachhau.
    sanjana "Deradun"

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin