kavita

कबिता


।।आमा।।

आमा आज म त्यसै त्यसै तडपी रहेछु
खुम्ची रहेछु करुणा र बिसाद पिडाहरुमा
दु:ख को भयानक महासागरहरुमा
कहाली लागिरहेछ असह्य पिडा का पुकारहरु देखेर ।
आमा,आज म भाबुक बनी तिम्रो न्यानो छातीमा
टोलाई रहेछु संकल्प आधी र बतास बनी उडिरहेछन
चिसो सिरेटो बनेर ।
आमा,घाउ ब्यथा बनेर भुतलमा उदास बगरहरुमा
नैरस्य को तक्मा बाडिरहेछन बिबेकहिन बुज्रुकहरु ।
आमा आज म नारी हुनुको पिडा
भोगिरहेछु,जीबित अनुभब गरिरहेछु
सान्त्वना का स्तब्ध दुई शब्द रोइरहेछु ।
आमा आज म प्रकृतिको पोखरीमा
तिम्रो छिया छिया स्वरुप देख्ता मेरा इन्द्रियहरु
त्रिसुलझै तिखारिन्छन,बिबेक सुन्य हुन्छु,
आमा तिम्रै समीपमा समर्पण
सुनगाबा सहित दुई शब्द ।

उषा गिरी
घर देश:-चारपाने झापा
परदेश:- बेल्जियम

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin