kavita

कविता


।।हामी नेपाली।।

छिटै देउ, देशलाई गती
गरी देउ, नेपालको प्रगती ।

कति दिन, बिगार्छौ मती
आखिर देशकै हुन्छ बिगती ।

कहिले नारा, कहिले जुलुस
सधै बाला, नेताको पुत्ला ।

बैमानी बेइजती, भ्र्स्ट नेताको
बिरोध गालीले, झर्दैन भुत्ला ।

कतै पेट्रोल, कतै पानी
जनतालाई बेकुब, बनाउ जानी २ ।

आफै बोक्सी, आफै धामी
जनता मार, गोली हानी २ ।

लडाई गर, पदको लागी
झुकाउ जनता, दिनै ढाटी ।

कहिले मन्त्री,कहिले मन्त्रालय
खाओ सबै, लुछा चुडी ।

जनताको सम्स्या, नहेर कहिले
लडाई गर, सधै रोस्टम-घेरी ।

नारा लगाउ, मधिसे पाहाडे
देश चिर, धुजा२ पारी ।

जसको सक्ति, उसको गदी
लड नेता, कुकुर सरी ।

कोही ब्वासो, कोही धमिरा
सब्ले फेर्यो, सर्पे काचुली।

घर न घाट, सधै जनता
खुसी मनाउ, भत्ता थापी ।

गर सधै, गाली बेजती
कती गर्छौ, देशको बदनामी ।

देखाउ दात, सधै बिदेसीलाई
सधै बन्यो, नेता कठ-पुतली ।

देश जनताको, वास्ता छैन
पदकै लाग्यो, सधै भोक-मारी ।

राजा जनता, भए पछी
किन भत्ता, दिन्छौ मन्त्री ।

सबै सम्पती, राष्ट्रियकरण  गर
गर्छौ भने, देशको प्रगती ।

कि खान्छौ, टिके मन्त्री
आउला जनता, तिम्रो मलामी ।

बुदको देशमा, छाओस सान्ति
अब नबगाउ, रगतको खोली ।

के धर्म के जात, त्यागौ बैरीभाब
सबले भनौ, हामी नेपाली ।
हाम्रो नेपाल, हामी नेपाली

दिलिप योन्जन

देउराली-१, भोजपुर
हाल: अमेरिका

1 comment:

  1. Hi dilip jee nice articles keep it up.
    L.B. Ghising

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin