kavita

कविता


।।नेपाल आमा तिमी।।

गुराँसको रातो टिकामा सजिएर
हिमाली  दन्तलहर देखाई मुसुक्क हाँसेकी
अनि हरियली पहिरनमा उभिएर
निर्मम खोला नालाको पटुकीले बाँधिएकी
मेरो प्यारो जन्म भुमि नेपाल आमा तिमी ।।
आफ्नो सन्तानहरुलाई सदा सदा
सुस्त्, निश्चल र मन्द पवनले चुमिरहने
अनि हजारौ ब्यथाहरु लुकाएर पनि
सन्तानहरुलाई आफ्नो काख माथि खेलाईरहने
मेरो प्यारो जन्म भुमी नेपाल आमा तिमी ।।।
तर आज तिमी बाट धेरै टाढा छु
अनि तिम्रो ममतामयि चुम्बन बाट अलागिएको छु
विवश छु पराइ भुमिको छातीमा पसिना बगाउन
अनि वाध्य छु उजाड मरुभुमिको माटोमा आँशु पोखाउन
हजारौ तिम्रो सन्तानहरु तड्पीरहेछन यहाँ
अनि ति सन्तानहरुको मिठो सपना तितो भैरहेछ यहाँ
दोष केही छैन नेपाल आमा तिमीलाई
यो त मेरो आफ्नै  भाग्यको खेल रहेछ
गुनासो केही छैन नेपाल आमा तिमीलाई
यो सिर्फ बेरोजगरिको समस्या पो रहेछ ।।।

अन्जान गंगा मगर

जीतपुर -६ ईलाम
हाल: दोहा कतार

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin