kavita

कविता


।। मेरो नेपाल।। 


धेरै भयो, न लेखेको, देश सम्झि किन
के लेख्नु, मनै रुवाई, नेता देखी किन ।

बहुदल आयो, बहुदल खायो, लुटे सबले देश
कोही तराई, कोही पहाड, नरहने भो भेष ।

हुटिटयाउ भई, देश थाम्ने, गिरिजा देशको नेता
गिद र ब्वासोको, लुछा चुडीमा, हुनेभो देश सुहा ।

कहिले माओबादी,कहिले खाओबादी,सबले मारे जनता
गणतन्त्र को नाममा, खेल्नु खेले, देशै भयो गन्धा ।

जनता मरे, देशको नाममा, नेताको भो चइन
बाडी चुडी, खाए देशको बजेट, बनाई आफै ऐन  ।

नाङो जनता, गरीब देश, राजा देसको धनी
बिष्णु को अबतार, घर न घाटको, गरे सि मनपरी ।

कुर्सी प्यारो, पद राम्रो, लाचारी-बैमानी नेतालाई
देश बनाउ, लागेन कहिले, बादरे नितीको नेतालाई ।

महङी बढ्छ , आम्दानी छैन, जनताको भो बेहाल
कुर्सीको लागी, कुकुर झै लड्छ, नेता भो पागल ।

बुद्दको देश, हिन्दु राष्ट्र, सबै भो चक्नाचुर
सत्यको सधै, बिजय हुन्छ, गरे नि अत्याचार ।

सन्धि सम्झौता, थाहा नहुने, नेपालको बरिस्ट नेता
कहिले टिस्टा, कहिले टनक्पुर, सर्‍याछ  देशको सिमाना ।

नगर्नु भरोसा, नेपाली नेताको, बेच्याछ नदी नाला
होसियार हुनु, देशलाइ बेची, बिदेश पोइला जाला ।

भाषण  गर्छ, नक्कली  नटक, सधै जनता छकाउन
चुनाब आयो, जान्छ गाँउ, फटाहा जनतालाइ फकाउन ।

झोला चप्पलमा, भेटिने नेताको, काठ्मा गाडी महल
देशको बजेट, भाग बन्डा लाए, नेता बनेर दलाल ।

देशको लागी, सहिद भयो, भोक-भोकै बल-बच्चा
नपाउदा खाना, बिधुवा बुढी, बेच्दैछ सहिदको सपना ।

झुकाई जनता, लुटेर देशलाई, मनाउ खुब मज्जा
कुन दिन हान्छ, ज्ञानेलाई जस्तो, जनताले जोर लात्ता ।

भना-भन, हाना थाप मै, अल्झियो देशको राजनीति
पद कै भोका, बदनामी नेताहरुले, गर्लार देशको प्रगती ।

दिनमा यता, रातमा उता, फेर्नु फेर्‍यो  नेताले रुप
मदभेद त्यागी, देश बनाउन, कहिले होला एकजुट ।

नेता मिली, जनता लडाउ, अझै मार्नु मार पापी
देश जलाई, जनता रुवाई, गर्नु मोज गर जाली ।

कहिले तराई, कहिले भ्याली, बन्द गर टायर  बाली
देश जलाई, आगो ताप्ने, नेता कति  भाग्य मानी ।

डुले पनि, देश बिदेश, फेरिएन कहिले नेताको गिह्दि
मेरै गोरुको, बारै ट्क्का, छोडेन भडुवाले लेडे ढिप्पी ।

प्रडो पाजेरो, माडेको घरमा, नेता बिक्यो पैशाको लागी
लाज सरम, सबै चपाए, नेतालाई लाग्यो भोक मारी ।

बनाउ नेपाल, सुन्दर सान्त, बिश्वमा नेपाली चिनाउन
नगरी युद्द, भैइ एक जुट, बनाउ हामीले नेपाल ।

सबैले भनौ, जय नेपाल, नेपाली सब समान
हातमा हात राखी, कसम खाई, बनाउ हाम्रो नेपाल ।
जय जय नेपाल।


दिलिप योन्जन
भोजपुर, देउराली-१ 

हाल: अमेरिका

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin