kavita

कबिता

"मर्म"

हिंडी त हेर मरुभुमिमा
कति हिंड्न गाह्रो छ
लेखी त हेर ईतिहास
कति लेख्न साह्रो छ ।
फुलेको फुल कति राम्रो सबै भन्थे
रोपी त हेर,
मिलन र बिछोड हाँसो र रोदन कस्तो छ,
बुझी त हेर ।
सबैले भन्थे शिखर चढ्न साह्रो छ
चडी त हेर,
आजको दिन हलो र कोदालो
भोलिको दिन खोजी त हिंड,
भाले त बास्यो सबैले भन्थे बिहानी डाक्छ
हाम्रो घरमा बिहानी डाकेन ।
पूर्व मा छ कि पश्चिम मा छ
बिहानि खोजी त हिंड
सल्केको आगोमा नहाल घ्यु बुझ्ने त गर
बाजे ले बनाको घर कङ्गा र माटो मात्र छ
भत्काउने नगर ।

मणी चेम्जोङ्ग
पाँचथर, चिलिङ्ग-३,
हाल : सिँगापुर

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin