kavita

कबिता


" मलाई मुक्तिका लागि मर्न देऊ.............!!!"
आमा! मेरो छातीमा संगिन हरु रोपिदा
आमा! मेरो मुटुमा बन्दुकको नाल ठोकिदा
तिम्रो खुसीका दिन आउछन पक्कै
त्यसैले आमा ! मलाई सहन सक्ने मुटु देऊ ।
आमा ! मेरा हातहरु हत्कडीले कसिदा
शिखर चुम्ने खुट्टाहरु नेलले रोकिदा
तिम्रो बन्धन चुडिन्छन् पक्कै
त्यसैले आमा! मलाई बाधिन देऊ ।
आमा! मेरो चौवन्दी चोली सवै च्याँतिंदा
आमा! मेरो फरिया हरु कतै खोसिदा
गरिबका झुपडिमा उज्यालो आउछ पक्कै
त्यसैले आमा! स्वीकार्ने मलाई सहास देऊ ।
आमा! तिम्री छोरीहरु जिउदै पुरिदा
आमा! तिम्रो छोरा हरु भोकै राखि मारिदा
शोषित को बस्तीमा रातो घाम लाग्छ पक्कै
त्यसैले आमा! शहिद बने भने आशु नझारिदेऊ ।
आमा! मेरो वलिदान ले रातो झण्डा फहराउदा
आमा! मेरो रगतले मेचीकाली रंगाउदा
यो देशले मुक्ति पाउछ पक्कै
त्यसैले आमा! सगरमाथा बन्न सक्ने आट देऊ ।
आमा! मलाई बाधेर जेल भित्र राखिदा
ब्यारेक र हिरासतमा मेरो इज्जत लुटिदा
न्यायको घाम लाग्छ पक्कै
त्यसैले आमा! सहन सक्ने शक्ति देऊ ।
आमा रातो रगतले इतिहास यो कोरिदा
लास अनि कंकालले ट्रेन्ज बंकर भरिदा
यस्तै वलिदानले गरिबको दिन आउँछ पक्कै
त्यसैले आमा! मुक्तिका लागि हास्दै मर्न देऊ ।

तारा राई " अनमोल"
पाँचकन्या- ७, आठघरे इलाम

7 comments:

  1. यसैलाई भनिन्छ, लुकेर बसेको अनमोल साहित्य, म धेरै धेरै खुसि एबं प्रसन्न भए यस्तो कबिता पहिलो पल्ट पढ्न पाउँदा, धन्यबाद चेली तपाइको यो साहित्यिक धमाकाले पक्का पनि यो बिग्रेको परिस्थितिलाई चुनौती दिनेछ। आगामी दिनहरुमा पनि तपाईंका अमुल्य रचना पढ्न पाईंरहु यहि कामना छ।

    ReplyDelete
  2. I really glad to see your articles, how you use your mind, you are really geniouse, keep it up
    Diwakar Pradhan
    Al Riyadh

    ReplyDelete
  3. काहा बाट र कसरि धन्यबाद भनौ चेलि तिमिलाई मेरो हृदयमा नै छैना त्यो सब्द यस्तो गहन र भाबुक सब्दहरुको लागि। हो तिमि जस्तै हाम्रा हजारौ चेलि हरुको ब्यथाहरुलाई समेटेर लेखेको कबिता रहेछ।धेरै खुसि लाग्यो।फेरि पनि धेरै-धेरै धन्य्बाद चेलि तिमिलाई।यो सङ्गमको।।।।

    ReplyDelete
  4. thank god timro bhawana lai mannai par6 josh ,utsha ra balidani ko katha ko sangam hola jasto 6 kabita
    punayastai kabita ralekh ko asha gar6u ............ india, siliguri
    siwani

    ReplyDelete
  5. bhaninchhani aakash ma udne chari lai samundra ko gahirai kati chha bhanne ke tha testai napari chetina cheli lagchha timile jel nel bhogera sangarsa gari sakeki chhau jasto lagyo. ajhai pani kabita lekhna nachodnu la.

    ReplyDelete
  6. मार्मिक र देश-प्रेममा चिन्तनशील कविता l
    कलात्मक बनाएर शिर्षक राखे सजीव हुने थियो अझ !

    ReplyDelete
  7. राष्ट्रियतामा चुर्लुम्म डुबेको कविता । सबैका आत्माले चाहेको यहि नै त हो तर खै कहिले सुन्ने हुन् नेपाली आामाको छातीमा मात खाएर लात हान्नेहरूको कथा ? धन्यवाद कविताका लागि ।

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin