kavita

हाँस्य कविता



दुई खुट्टेमा मान्छे मात्र भनेको
होइन रहेछ चुलेसी पनि पो रहेछ।
चार खुट्टेमा जनवार मात्र भनेको
होइन तर पलङ पनि पो रहेछ ।

गुड्नेमा बस मात्र भनेको
होइन सालक पनि पो रहेछ ।
उड्नेमा पंक्षी मात्र भनेको
होइन तर हावाइजहाज पनि पो रहेछ ।

सुक्नेमा पानी मात्र भनेको
होइन खोला पनि पो रहेछ ।
भुक्नेमा कुकुर मात्र भनेको
होइन तर माइक पनि पो रहेछ ।

पोल्नेमा आगो मात्र भनेको
होइन सुर्य पनि पो रहेछ ।
चिल्नेमा मौरी मात्र भनेको
होइन तर खागो पनि पो रहेछ ।

बस्नेमा पिर्का मात्र भनेको
होइन कुर्सी पनि पो रहेछ ।
छायाँमा वर पिपल मात्र भनेको
होइन तर राजदरबार पनि पो रहेछ ।

कडामा ढुङ्गा मात्र भनेको
होइन चिसो हिउ पनि पो रहेछ ।
नरममा मन मात्र भनेको
होइन तर छी छी छी छी गुँहु पनि पो रहेछ ।

टेक बिर बालाम्पकी मगर ( ईलामेली कान्छा )
ईलाम, जितपुर-९ मदिबुङ

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin