kavita

कविता


"हराएको जिवन साथी"

आउछ याद निर्मोहीको नआएको होइन ।
सम्झनामा तडपिएछु अरु केही छैन ॥
झझल्कोले वन्छ तस्वीर दुइ आखाको अगी ।
के नै वाकी छ र अव गएपछी ठगी ॥

दुइ दिनका जाली कुरा मनै खोली गर्दा ।
लाग्थ्यो विश्वास मायाजालको खुले जस्तो पर्दा ॥
मुस्कान छरी आउथे शब्द हसीलो त्यो ओठमा ।
फुल सबै झरीसके ओइलाएरै वोटमा ॥

कस्तो रैछ सन्सार पनी अन्घकारले ढाकेजस्तो ।
खाली आभास हुन्छ कहीले मायालुले डाकेजस्तो ॥
धोका आखीर दिए जस्तो छैन कुनै भन्ने आधार ।
नभनौ त छैन कुनै अझसम्म साचार ॥

लेख्छु पत्र कल्पनामा भेटन खोज्छु उनलाई ।
विस्रननी सक्याछैन बैगुनीको गुनलाई ॥
आदर सत्कार रामै्र हुन्थ्यो क्षणिक भएपनी ।
याद आउन रोकीएन छोडी गएपानी ॥

लाली जोवन फुलेजस्तो वास्ना छर्दै वनभरी ।
उमंगका नशा चल्थे अट
लाली जोवन फुलेजस्तो वास्ना छर्दै वनभरी ।
उमंगका नशा चल्थे अटुटरुपले मनै भरी ॥

अतितलाई विसु्र भन्छु आउछ किन याद फेरी ।
आधा जिवन वित्नै लाग्यो उनको आउने वाटो हेरी ॥
नगरौ त आस भने बिर्सी सक्या छैन ।
आश गरौ त भने पनी भेटने वाटॊ छैन ॥

आसै आशमा तडपिएर थाकीसके नजरहरु ।
हराईसके जस्तो लाग्छ जिन्दगीका रहरहरु ॥
विस्वास रुपी पात्र छैन जालरुपि सन्सारभित्र ।
अविस्वासमै कोरी वस्छु छातीभरी उनको चित्र ॥

हराएछु एकान्तमा उनको याद आईदिदा ।
टोलाएर वस्छु एक्लै तुवालोले छाईदिदा ॥
पिरतीका भाकाहरु घन्कीन्थेनी गाउमा पहिले ।
सुन्दर सन्सार हराईसक्यो छैनन कति खोज्दा अहीले ॥

प्रयास गर्छु सम्झनालाई प्रेम रुपी उज्वल मुहार ।
साहारा छैन दिने मागी वस्दा कोही गुहार ॥
लाग्छ अव कहिलेपनी भेटने छैन उनिसित ।
अलपत्रमा हराउनेभो वा

लाग्छ अव कहिलेपनी भेटने छैन उनिसित ।
अलपत्रमा हराउनेभो वाल्यकालको चोखो पि्रत ॥
तडपिएर वाच्नु भन्दा बिर्सी दिए हुन्थ्यो जाती ।
वेसाहारा जिन्दगीमा छैन कोही जिवन साथी ॥

आधा जिवन पस्चिम कल्पे आधा पुर्व होला ।
जे भएनी आशु खस्दै बग्छ आखीर खोला ॥
निर्मोहीको याद अव नआईदिए हुन्थ्योजाती ।
भेटीदैन खोजी कहिले हराएको जिवनसाथी ॥


इश्वरी ज्ञवाली
पर्रोहा ६ रानीवगीया
रुपन्देही नेपाल

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin