kavita

कविता


उजाड छ यहाँ, कही छैन छायाँ।
जताततै बालुवा नै बालुवा, कसैको छैन मायाँ ।।
जता गयो उहि छ, धुलो,धुवा र तातो हावा ।
केवल सपनामा मात्र भेटिन्छ शितल पवनता । ।
ब्युझिएर छट्पटाउछु त्यही मेरो सानो गाँउको यादमा ।
तर खै बिकल्प केही छैन, सिर्फ स्मरण छ साथमा । ।
जहाँ जाउ ड्याङ ड्याङ डुङ डुङ हल्ला आउछ ।
त्यही कोलाहल भित्र पनि गाडीको फ्याट्रीको गन्ध आउछ । ।
त्यही बालुवाको बिचमा भए पनि ठुला ठुला महल उभिएको छ ।
तर खै किन किन मलाई त मेरो प्यारो झुपडी नै राम्रो लाग्छ ।


"अन्जान" गंगा
जीतपुर ईलाम ,
हाल: दोहा कतार

1 comment:

  1. Ilame mitra tapai ko creation padhe pachi kehi korna man lagyo . tapai ko desh ko mayalai kabita ma paye pa6i bidesiyeka sabai daju bhai ko yad aayo ani pardesi ko pidha bodh bhayo?

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin