kavita

कबिता


"शताब्दीकी नायिका"
ओ शताब्दीकी नायिका !
तिमी, उभिएर सडकमा
शताब्दीको उन्मुक्त हाँसो हाँस्न सक्छ्यौ।
हार्दिकता स्विकार्न सक्छ्यौ
चिहान टेकेको त्यो पुरानो समय
युवतीको रातो ओठ र लत्पत्तिएको त्यो रातो अक्षर
एकैसाथ सम्झिएर सडकको धुवाँदार गीत
स्वतन्त्रता पूर्वक गुनगुनाउन सक्छयौ।
गृहिणीको छेउमा उभिएको रित्तो सिलिण्डर
अभावका सपना र मट्टितेलका खाली जर्किन
उत्तिकै साटिएका छन्, तिमी र मसँग।
मेटाएर छलकपटको अनुच्छेद
नयाँ अक्षर लेखिरहेकी छ्यौ।
अर्थात-तिमी बराबर म र म बराबर तिमी
त्यो गणित अर्थात निर्माणाधिन ईतिहास
र त्यही ईतिहास लेख्न बसेका हामी।

दुबै परिवर्तन नयाँ नाम .....
र त मेटाईरहेका छौ पृथ्बीको धुर्बिय विभेद
सगौरव घोषण गरेकी थियौ समताको आवाज
भनेकी थियौ, "स्वम्भुमा टाँसिएका निरही दुई आँखा,
जसले पारिलो घाम तापेर न्याय लेखेनन्।"
तिनमा धेरै पछि, ब्युँझिएका थिए संचेतना।

अहिले भीर र भुगोल्, जिवन र समय, ईतिहास् र हामी
दुबै बगिरहेछौ समानान्तर
मुक्त्तिको छायाँ मुनी तिमी लेखिरहेकी छ्यौ बर्तमान
र म तिमीमा अनुवाद भएको छु।
सविना सिन्धु
काठमाण्डौं, नेपाल

1 comment:

  1. Hi Sabina jee dherai ramro kabita kepp it up malai khusi lagyo tapaiko srijana pdhna paauda ajhi pani aasha chha tapaile naya srijana garnu hunehcha...

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin