kavita

कबिता

पानी! केवल पानी
पानी कहिले मेलम्ची भएर आश्वसन दिन्छ
कहिले कालापानी भएर दुख्छ
पानी न हो कहिले
महाकालीमा भागबण्डा हुन्छ
त्यो पानी सप्तकोशी भएर आउँदा बिहार डुब्छ।

पानी हुनुको पिडामा
जलश्रोतको धनी देशमा
लोडसेडिङ्को उपहार दिइन्छ
काकाकुलको नियती भोग्दैछ मेरो देश
पिउन नपाएर एक गिलास पानी
अरुण तेश्रो योजना फाइलमै बन्द छ
पञ्चेस्वर आफैमा मस्त छ।

हुँदा पनि पिडा छ पानीको
नहुँदा पनि भोग्दैछौ पिंडा पानीको
पानी! तिम्रो महिमा अपरम्पार छ
यो देशमा सधैं पानीको हाहाकार छ।

-कृष्ण प्रसाद भण्डारी
नेपाल

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin