kavita

कबिता

"शहर र सपनाहरु"
चोमोलुङ्ग्मा भन्दा अग्लो रहर
तम्बुरहरु भन्दा लामो उत्साह बोकेर
सुदुर उज्यालो भबिस्य खोज्दै खोज्दै
गाउँबाट शहर झरेका तरुनो मेरो सपनाहरुको
यो शहरले बलत्कार गरेको छ,
मेरो सपनाहरु यो शहरमा बलात्कृत भएका छन
यो शहरमा मेरो तन्नेरी सपनाहरुको हत्या भएको छ।
बलात्कृत मेरो सपनाहरुले अपमान र पिंडाको आगोमा जलेर
आफैले आत्महत्या गर्न थालेको छ।
किन यो शहरले,
सधैं सधैं सुदुर भबिष्यको खोजी गर्दै
गाउँहरुबाट झरेको सपनाहरु माथि बलत्कार गर्दै
किन यो शहरहरु संबेदनाको उपहासमा रमाउँछन।
के यो शहरहरु सधैं संबेदना भन्दा माथि हुन्छन?
यो शहरमा,
मेरो सपना जस्तै,
गाउँबाट शहर झरेको एक हुल सपनाहरुको पनि
यो बलत्कृत भएको खबर छ म सँग।
गाउँबाट झरेको सपनाहरुको हत्याको खबर छ।
शहरमा बलात्कृत ती एक हुल सपनाहरु
अर्को नयाँ भबिष्यको खोजीमा
फेरी गाउँ फर्किन थालेको पनि खबर छ।
शायद अब यो शहरहरुमा
फेरी पनि भबिष्य खोज्दै खोज्दै झर्दैनन...........
त्यो बेला यो शहर, प्यासले मर्दै बाँच्दै
हजार चोटि आत्मभर्त्सना गर्नेछ।
बरु शहरहरु गाउँतिर भबिष्य खोज्दै जानेछन।
तर त्यो बेला यो शहरले जस्तै
गाउँहरुले शहरको सपनाहरुको हत्या गर्ने छैनन।

राजेश राई
भोजपुर,

हाल: धनकुटा

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin