kavita

कबिता

स्वपनाको मेरो देश

यहाँ, सबै रित्तो पखेरा देख्छन
म देख्छु भबिस्यको पृष्ठभुमी
जहाँ भाबी पुस्ता अनारका दाना फलाउँनेछन।
यहाँ, अरु देख्छन कठोर पहाड
म देख्छु त्यो झुलन बाघ
जुन प्राकृतिक सजावट्मा छ।
यहाँ सबै झगडा र गृह युद्व देख्छन
म देख्छु सुनौलो युगको लागि मन्थन
जुन युग सर्ब हितकारी हुनेछ।
यहाँ सबै आतंक देख्छन
म मानसिक योगको अभ्यास देख्छु
अनि गद्दारिहरुको करतुत पर्दाफास
र प्रायस्चित क्षण।
यहाँ मान्छेहरु आतंकित र त्रसित हुँदै गैरहेछन
म भने मेरो देशको अग्रगतिको क्षण पर्खिरहेछु
सबैलाई आफु बाँच्नको मात्र धामा छु
म मातृभुमिको अस्तिटिभीअ रक्षामा लाग्छु।
यहाँ, कसैले दबाउँछ र यातना दिन थाल्छ
म उस्लाई चिन्दै जान्छु
र उस्का तख्ताउल्याउने मात्र हैन
राष्ट्रको लागि साथै एक निर्णायक युगको लागि
जुर्मुरिंदै बुलन्द क्रन्दनको साथ उठछु
जुन युगमा देशको प्यारा देशबासी भन्ने छैन
हामी सबै नेपाली भन्ने छ।
यही मैले देखेको स्वप्नाको मेरो देश।

- मिन बहादुर राना-
बुटवल बहुमुखी क्यामपस, बुटवल

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin