kavita

कविता


जिन्दगी

बशन्तको हरियाली शिशिरको तुसारो सँगै
तुवालो भित्र रम्ने जिवन ।
आज यो उराठिलो फाटहरुमा हराईरहेछ ।
सगरमाथाको काखमा जन्मिएको अनि
हिमाली हावामा हुर्किएको जिवन
आज यो मरुभुमीमा बिलाईरहेछ ।
कस्तो बिडम्बना,
बिदेशिएर प्रबाशी बन्न वाध्य बन्दै
तातो घाम तातै हावा सँग मितेरी लाएकोछु ।
जिन्दगीको लामो नदिहरु एकान्तमा तर्दै
बिश्वासताको भुइचालोमा परेछु ।
खुशीहरु पन्छाएर पिडा अँगाल्दै
सधैं संघर्षका साथ दिनहरु ब्यातित गरिरहेछु ।



संगम बान्तवा
आम्तेक, भोजपुर
हाल: क्यारिफरहाइपर मार्केट (KSA)

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin