kavita

कबिता


यो जिन्दगी खै के जिन्दगी !
भित्रभित्र खोक्रिएर बाहिर बाहिर बाँचेको
एटमको त्रासले चुसेको
समस्याको भूतले सताएको
यो जिन्दगी खै के जिन्दगि
बन्दुकको नालमा टाउको राखेर निदाउनु पर्छ यहाँ
खुकुरीको धारमा पाइताला टेकेर जिउनु पर्छ यहाँ
आँखा चिम्लनु पनि जगजगी
आँखा उघार्न पनि जगजगीयो जिन्दगी
खै के जिन्दगीपसलमा सोकेशभित्र सजाएरराखेको
काँचको चुरा जस्तो यो जिन्दगी
कुनै युवतीको हातमा चढ्दाचढ्दै
प्याट्ट फुट्न सक्छ यो जिन्दगी!
रबरको सस्तो चप्पल जस्तै यो जिन्दगी!
बाटामा हिँड्दाहिँड्दै च्याट्ट टुट्न सक्छ यो जिन्दगी!
यो जिन्दगी खै के जिन्दगी!!


स्व. शाहित्यकार श्री हरिभक्त कटुवालको छोटो परिचय:
पुर्ख्यौली घर संखुवासभाको चैनपुर हो भने उहाँ को जन्म भारतको आसाम राज्यको तीन सुकिया भन्ने ठाउँमा सन्: १९९२ असार १८ गते भएको थियो। उन्को जीवनकाल भरि उहाँले लेख्नु भएका, उहाँबाट रचित रचनाहरु, कबिता काब्य, खण्ड काब्य, कथा एबं धेरै शाहीत्यिक रचनाहरु उन्ले नेपाल आमालाई सुम्पी उहाँ २०३७ भदौ २५ गते ४५ बर्षको उमेरमा इस्वरको प्रिय बन्नु भएको हो। उहाँको ब्यक्तिगत जिन्दगि र कहानी धेरैनै दुखदायी छन त्यो जमनामा कसैले बुझ्न नसकेको उनको त्यो बिशाल प्रतिभा आज यो एउटा खड्को भएर हामी माझ रहेको छ।

उहाँ बाट रचित बिभिन्न महत्वपुर्ण रचनाहरु:
१, सम्झना (२०२६)
२, भित्री मान्छे बोल्न खोज्छ (२०१८)
३, यो जिन्दगी खै के जिन्दगी (२०२९)
४, बदनाम मेरा आँखाहरु (२०४४)
५, ऐतिहासिक (२०२०)
६, स्पष्टीकारण (२०३०)
७, सुधार (२०२१)
८, म मरेको छैन र पूर्व किरण (२०२१)

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin