"को हो त्यो?"
कसैले नसोंचे हुन्छ
आकाश टुक्रा-टुक्रा भयो
कसैले नठाने हुन्छ
पवन धुजाधुजा बन्यो।
सेतो बादल उडेर आयो भने
पुरै आकश सेताम्य डुल्छ
र, कालो बादल नाँच्दा
सिङ्गै आकाश बालकसँग रुन्छ।
दुखाई शुन्य भयो
नामेट छ पिंडा मनमा
झोस्नसम्म झोस्यौ आगो,
डढेलो सल्कन्न उप्रान्त बनमा।
को हो त्यो बाटोमा आउने?
को हो त्यो बाटोलाई छेक्ने?
खबरदार! अजिर्ना अग्लाहरु
नछेक्नु पन्छिका धुन गुन्जनहरु।
मैले देखेका सपनाहरु
तिमी नै छौ कलमलाउँदी जुन
हाँसिरहने अनन्त दीपलाई
बाँधेर बन्द गर्ने को?
कबी- रामेस्वर राउत "मातृदास"
No comments:
कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)