kavita

कबिता

समयका जवानीहरु...

अहा! आज कति राम्री भएर आएकी नि यस्तरी!
हरदम आऊ तिमीलाई स्वागत छ हृदयमा बस,
झमक्क झिमिक्क यी के मृग आएका ?
यो मनमा यस्तरी खुशी छाल उर्लिरहेछ
लौन म नाँ चे रमाउदै,
तिमी हाँ स खुब खिसी गरेर!

यही रनवनमा गनगन गरिरहेछन भँमराहरु
चराहरु फटफटाउदै गाउँछन किन हो मनमा आएर
यी मेरा केशमा चिथोर्ने परेछन बेसरी,
फुर्सदले लौन टिपिदेऊ कबिता!
ज्वालामुखी नाप हृदयको हृदय खोलेर
आगो दन्किरहेछ मनभित्र ह्वार्-ह्वार्ती
ताप तिमी अब न्यानो मानेर ।

समयको हुरिबतास चल्यो भने
स्मयका जवानीहरु टाढा-टाढा जान्छन बेपत्ता भएर
बिबेकले देख्यो/ जाँगरले लेख्यो,
भाग्य भबिस्यका यी आफ्नै चिना टिप्पणीहरु हुन
घाम भन या यो अध्याँरोमा जन्मेको जुन
अरुका खप्परलाई धारेहात लाएर आफ्नो
बगैंचामा फूल फुल्दैन अब
के भएछ प्रियतमा! आइन्दा आफ्नै कर्मका पाना
पल्टाएर ऐना हेर ।

कबी - रामेस्वर राउत "मातृदास"

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin