
"कबिता"
कबी- गोबर्द्वन पूजा
चितवन,
हाल- पोस्ट बक्स नं २६३, पाटनढोका,
काठमाडौं, नेपाल
आलिसान महलमा जन्मिएकी
शहरकी मेरी प्रेमिका
मेरा प्रत्येक खुशीमा साथी बन्छे ।
प्रत्येक साँझ डिस्को र बारमा
ह्विस्किको चुस्की लिन रमाउँछे ।
महँगा गरगहना र अत्याधुनिक
फेसनमा लुटपुटिन चाहन्छे ।
स्टारसंस्कृतिको अनुकरण गर्दै
नयाँ सडकमा टहलिन मन पराउँछे ।
वास्तबमा यी सबै कुरा गर्न
म पनि रमाउँछु
जब म एक्लो हुन्छु
सुदुरगाउँको सम्झनामा
एल्बमका तस्वीरहरु हेर्दाहेर्दै
टक्क रोकिने गर्छु-
किन तस्वीरमा पनि
टोपिले ढाक्न सकेन
मेरो बाबुको टुपी ?
कबी- गोबर्द्वन पूजा
चितवन,
हाल- पोस्ट बक्स नं २६३, पाटनढोका,
काठमाडौं, नेपाल
आलिसान महलमा जन्मिएकी
शहरकी मेरी प्रेमिका
मेरा प्रत्येक खुशीमा साथी बन्छे ।
प्रत्येक साँझ डिस्को र बारमा
ह्विस्किको चुस्की लिन रमाउँछे ।
महँगा गरगहना र अत्याधुनिक
फेसनमा लुटपुटिन चाहन्छे ।
स्टारसंस्कृतिको अनुकरण गर्दै
नयाँ सडकमा टहलिन मन पराउँछे ।
वास्तबमा यी सबै कुरा गर्न
म पनि रमाउँछु
जब म एक्लो हुन्छु
सुदुरगाउँको सम्झनामा
एल्बमका तस्वीरहरु हेर्दाहेर्दै
टक्क रोकिने गर्छु-
किन तस्वीरमा पनि
टोपिले ढाक्न सकेन
मेरो बाबुको टुपी ?
No comments:
कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)