kavita

कबिता

"कबिता"
-पशुपति कार्की
ओखलढुङ्गा बजार, ओखलढुङ्गा
सगरमाथा, नेपाल


ठुला ठुला आदर्शका बोली दिने नि छन
अझ ठुलो बन्दुकको गोली दिनेनी छन
हाम्रा कुरा सुनिदिने बोलिदिने छैनन
हृदयका ब्यथाहरु खोलिदिने छैनन ।
सेतोलाई कालो भन्नु निलो लाई रातो
यती गर्दा पनि हाम्रो जान्छ झैं छ सातो ।
हारे पनि जित्यो भन्नु लडे पनि नाच्यो
नत्र साँढे रिसाएर देशै धुलो पार्छ
आफु मर्नुभन्दा अघी अरुलाई मार्छ ।
डर मान्दामान्दै पनि मेटिएन डर
जती खोजिहिंडे पनि भेटिएन भर ।

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin