
एउटा मान्छे हो जय छाङ्छा
सास् फेर्छ खान्छ
रुन्छ, हाँस्छ
अरु मान्छेभन्दा कति पनि फरक छैन
र अरु मान्छेभन्दा भिन्न हुनै सक्दैन
त्यसैले अरु मान्छे सरह बाँच्छ र
अरु मान्छेले जस्तै दिन गन्ती पुर्याएर पछि
खुत्रुक्क मर्छ जय छाङ्छा ।
अजम्बरीको जुनी लिएर
अविनाशीको आशिर्बाद पाएर
अमृत धारा पिउदै
कदापि आएको होइन जय छाङ्छा यो लोकमा
त्यसैले नियमित प्रकृयालाई स्विकार्दै
निस्चित छ उसले पनि एक दिन
यो दुनियाँलाई छोडेर जानै पर्छ र
फुस्सुक्कै मर्छ जय छाङ्छा ।
कोही कसैको लागि पनि
मृत्युको विकल्प छँदैछैन
नाटक अभिनयको अन्तिम दृस्य हो मृत्यु
मन्चन पछि पर्दा लाग्छ मंन्चमा
त्यसरी नै पर्दा लाग्छ एक दिन जय छाङ्छाको जीवनमा
त्यसैले कुनै शंका गर्नै पर्दैन
इहलोक छोडेर परलोक गमन गर्नै पर्छ उसले
अर्थात मर्छ जय छाङ्छा ।
जन्मदै देख्नेहरुले भन्ने गर्थे
रुँदै आएको थियो रे धरतीमा
भविष्यद्रष्टहरुले भन्ने गरेका छन रे
हाँस्दै छोड्छ रे यो धरती
खोइ कस्लाई थाहा होला र?
कस्तो मराइ हुन्छ उसको?
तैपनि निस्चित छ उसको समय सकिए पछि
अनन्त यात्रामा जुट्छजुट्छ
अर्थात मर्छ जय छाङ्छा ।
जय छाङ्छा, हाल: नयाँ दिल्ली, भारत
realistic look at the life, bit pessimistic side of life though, but good way to show the life through poem. Well done Chhangchaji.
ReplyDeleteMahendra Man Gurung
abasyambhabi mrityu aani jiban vogai lai swikarna lachar manchhe haru ko raaaaas vitra kabita marfat jaya chhanchha lai padhda sahaj mahasus gare :Mahesh
ReplyDelete