kavita

कविता

"आमाको मुख हेर्ने निहुँमा"

कोही किन्छन् महंगा गरगहना
कोही किन्छन् अनेकौँ लत्ता कपडा
कोही जान्छन् फलफूल बजार
कोही कुद्‍छन् मिठाइ पसल
कोही व्यस्त परिकार पकाउन
सबैजना दौडादौडमा छन्
सबैतिर किनमेलको चक्काजाम ।
पसलेलाई ग्राहकको घुइँचो
मोलमोलाईमा घट्‍दै नघट्‍ने सुइँको
सबैजना भागदौडमा छन्
देखावटी नै सही
केही न केही उपहार आमालाई टक्राउँछन् ।
पसलेहरु खरिद बिक्रीमा रमाउँछन्
जे होस्‌ वर्षको एक दिन मात्रै भएपनि
मुख हेर्ने निहुँमा आमाहरुले उपहार त पाउँछन्
देखासिखीको दुनियाँमा खै कहाँ लेखाजोखा छ र?
जीवनभर सन्तानले उनीहरुबाट के के लिन्छन् ?


कैलाश राई

ठुलो दुम्मा, भोजपुर
हालः काठमाडौ, नेपाल

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin