"अतीत देखि बर्तमान सम्मा "
बाँचिरहन्छन अझै पनि आशाहरु ।
किन भुलेन यसले नि गोरेटाहरु?
रहिरहन्छन आधा अभिलाषाहरु ।
किन मरेन यसको मुनाहरु?
देखिरहन्छन अझै पनि सपनाहरु ।
किन छोडेन यसले लक्ष्यहरु?
दु:खी रहन्छन बिशाल ब्यथाहरु ।
किन देखिएन यसको घाउहरु?
रहेछ यस्तो!
जीवनको बाटो आशा हो !
त्यसैले भुल्दैन बाटो पनि!!
जीवनको आँखा अभिलाषा हो!
त्यसैले मर्दैन मुना पनि!!
जीवनको लक्ष्य सपना हो!
त्यसैले छोडदैन लक्ष्य पनि!!
जीवनको नसो ब्यथा हो!
त्यसैले देख्दैन घाउ पनि !!
दीपा हाङ्खीम राई
साखेजुङ -२ ईलाम नेपाल
k garne Deepa g jiban ma aakha haru avilasa pani hunchhan bhanne kura ta dosro bhayo yo kabita ka sabai haraf ka sabda haru ramra chhan matra haina ati ramra tesaile too much thankyou nabhanna sakdina pujan dhungel
ReplyDelete