
“दैंत्य”
कतै एउटा अन्धा रेखा तानिरहेको छ
मन्द मन्द बिस्तारै अग्रगामी छायाँमा दैंत्य!
उताबाट जुन झन्कार सुनियो,
त्यस्मा पनि खुनको रङ थियो ।
साँझको बादलको रातो गुमबज्,
रेखा-रेखालेले छिनछिन बनी रहेको थियो ।
साँझ र रेखाको निर्माणकै बिचमा
केही खाली ठाउँ,
एउटा बिषम अवस्थिती!
म अनुभब गरी रहेकोछु
द्रुम्-द्रुम लता-लतामा
उसले बसेर गाएको गीत
घाईते हुँदै गएको अनुभब्!
एउटा मिथक खालीपन ।
क्रुर शुन्याको निर्मम आचारण ।
तिर तुरीण लिएर अघी बढीरहेको घाम
तितो सुर्यको रथ ।
सहस्र अग्नि-शलाका छर्दै आईरहन्छ ।
रुख जलिरहन्छ
ॠचा सल्किरहन्छ ।
शस्य श्यामला धर्ती खरानी हुन खोजिरहन्छ
तैपनि कुनै भयानक रिक्त्तताले
तैपनि कुनै क्रुर खालीपनले
धारिलो रक्तिम तरबारले
मलाई, तिमीलाई,हामीलाई
छिनछिन, मन्द-मन्द खाइरहन्छ
कबी- इश्वर बल्लभ
जन्म्:असार १९९४ (बि सं)
प्रकासित कृति कबिता संग्रह, कथासंग्रह, समालोचनासंग्रह ।
लेख आरम्भ २०१३साल
सम्मान प्राप्त बि स २०१३ साल भारती पत्रीका दार्जीलिङ सम्मान पुरस्कार (प्रमुख्)
मदन पुरस्कार, साझा पुरस्कार, रत्नश्री पदक्,बिरेन्द्र-ऐश्वर्य पदक्, सुप्रबल गोरखा प्रेस काउन्सिल सम्मान ।
कतै एउटा अन्धा रेखा तानिरहेको छ
मन्द मन्द बिस्तारै अग्रगामी छायाँमा दैंत्य!
उताबाट जुन झन्कार सुनियो,
त्यस्मा पनि खुनको रङ थियो ।
साँझको बादलको रातो गुमबज्,
रेखा-रेखालेले छिनछिन बनी रहेको थियो ।
साँझ र रेखाको निर्माणकै बिचमा
केही खाली ठाउँ,
एउटा बिषम अवस्थिती!
म अनुभब गरी रहेकोछु
द्रुम्-द्रुम लता-लतामा
उसले बसेर गाएको गीत
घाईते हुँदै गएको अनुभब्!
एउटा मिथक खालीपन ।
क्रुर शुन्याको निर्मम आचारण ।
तिर तुरीण लिएर अघी बढीरहेको घाम
तितो सुर्यको रथ ।
सहस्र अग्नि-शलाका छर्दै आईरहन्छ ।
रुख जलिरहन्छ
ॠचा सल्किरहन्छ ।
शस्य श्यामला धर्ती खरानी हुन खोजिरहन्छ
तैपनि कुनै भयानक रिक्त्तताले
तैपनि कुनै क्रुर खालीपनले
धारिलो रक्तिम तरबारले
मलाई, तिमीलाई,हामीलाई
छिनछिन, मन्द-मन्द खाइरहन्छ
कबी- इश्वर बल्लभ
जन्म्:असार १९९४ (बि सं)
प्रकासित कृति कबिता संग्रह, कथासंग्रह, समालोचनासंग्रह ।
लेख आरम्भ २०१३साल
सम्मान प्राप्त बि स २०१३ साल भारती पत्रीका दार्जीलिङ सम्मान पुरस्कार (प्रमुख्)
मदन पुरस्कार, साझा पुरस्कार, रत्नश्री पदक्,बिरेन्द्र-ऐश्वर्य पदक्, सुप्रबल गोरखा प्रेस काउन्सिल सम्मान ।
No comments:
कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)