kavita

कबिता



मरो मनको निर्जन टापुमा
अबिच्छिन्न तिम्रो गित
आत्मिय मुचछर्ना बोकेर
गुन्जन्छ
किन पोल्दैन आगोले?
किन भिज्दैन पानीले?
यो अतिचार जस्तो लाग्ने
स्पर्श कहाँबाट
कुन भुखण्डबाट टिपेर
रोपेकी छयौ तिमीले
गितका तहा मिलेका गराहरुमा
म असहमत हुनै नसक्ने
तिम्रो बिचारले किन बाँधिए?
म उम्कनै नसक्ने तिम्रो भाबले कसरी थिचिएँ
चारको घामलगेको बेला
मरुभुमिमा
नुन चाटेर हिंड्डा पनि
किन तिर्खा लाग्दैन?
हिउँदका चिसा रातहरुमा
सर्बाङ्ग नाङ्गिएर हिमसागरमा
डुबुल्की मार्दा पनि
किन चिसो हुँदैन ?
तिम्रो गितमा
कुन हार्दिकता छ
मलाई माया गर्ने ?

सिर्जनाका सम्पूर्ण सुन्दरताले
छोपिँदापनि किन
क्षतिग्रस्त अहम बोकेर
भौंतारिरहेको छु
शहर -शहरमा ?
कि तिम्रो गितको प्रतिबिम्बले
म निस्फिक्री भएको छु
थाहा छैन
यो चट्टानजस्तो छाती
यो आगो जस्तो मन
तिम्रो गितले
जबरजस्त पग्लिएर
आकरबिहिन
बगिरहेको छ
तिम्रो मनको नदी भएर
तिम्रो तनको छाँगो भएर
कबी- गण्डकी पुत्र
(घर बाहिरको १०० शत्रु र घर भित्रको १ शत्रु, घर भित्र रहेको एउटा शत्रुले घरलाइ तहस नहस पारिदिन्छ, -अरबियन उखान )

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin