"जिउने मन छैन"
भुली जाने यो मनकिन वहान्छ टाढा-टाढा !
बसिरहोस् साईनो हाम्रो मुटुभरि बनी गाढा!!
भुलिदिन्छु केही छिन याद आउछ फेरी पनि !
आँशु खस्छ त्यसै -त्यसै कहाँ होला भनि !!
क्षितिजको तर हुँ म कुनैदिन बिलाउछु !
विरहै विरहमा बसिकन उदास जीवन जिउदैछु !!
थाहा छैन आराम बिराम बिदेशको ठाँउमा!
हराइरहेछु आफुलाई चाही यही सानो गाँउमा !!
माया लाग्छ कति-कति फेरिपनि चिरिन्छ मुटु !
आँशुको नै मायादिई आँशुको नै पिउँछु घुटु-घुटु !!
समयको गतिले बनाइराख्यो अलपत्र यहाँ !
जिउनु छ जीवन चिन्नु छ माटो गएर कहाँ !!
मरिजाने जीवन हो यो किन यमराज छैन !
हरिसके प्रत्यक पटक जिउने मन छैन !!
जिउने मन छैन ...............!!!
दिपा हाङखीम राई
साखेजुङ्-२ ईलाम
very sweet and nice poem thank you Deepa bhanera nabhanna pani ta mildaina.
ReplyDelete