kavita

कबिता

" कबिता"

मेरी अनामिकाहरु


जीवनको न्यानो खोजी रहेका
बिश्वासका हातहरु फैलाएर
अग्न्या चुनौतिलाई स्वीकार्दै
माकुरे अस्तितुवमा अल्झेकी छे
आँधिसित जुध्दै निरुपाय
बाढी र पहिरोलाई छोचोल्दै
कतिपय ब्यब्धानहरु अँगालेर
संघर्षशिल मेरी अनामिकाहरु
थाकेका बटुवाहरुको छाया उनी
मायाको लागि माया हो उनी
पग्लिन्छे उत्तुङ्गा हिमाल सद्र्श्य
तिर्खाको तृप्ती भएर झरिरहन्छे
सुबासित फूल हो उनी
स्वर्णिम फूलदानीमा सजिने आकांक्षाभुत
जुन र जुनली भ इ आकाश हाँक्न
भरपर्दो परिबृत्तको खोजिमा छे
जिन्दगीको लेंकबेसिभित्र
अतिबृष्टिको प्रलय-
अनाबृष्टिको दारुण्-
धर्ती भएर पहाड सहन्छे
आफुलाई क्षितिजमा अनुवाद गरी
कुसंस्कारको सिमा बोकेर
रुढिग्रस्त बगरमा रछाने जिबाणुसँगसँगै
नि:शवासित भैरहेकी छे
बिद्रोहको आगो छ जती पनि
अलिकति आत्मबल छैन
क्रान्तिको ज्वाला छ जतिपनि
अलिकति दुस्साहस छैन
अपराजिता भएर पनि पराजित
मेरी अनामिकाहरु-
मेरी बहिनिहरु-
मेरी छोरीहरु-
अब्यक्त महापिंडा बोकेर
शताब्दि-शताब्दिदेखि
आफ्नै प्रसबबाट बलात्कृत
सहस्राब्दिको आँखामा पानी
खोजिरहेकी छन
मेरी अनामिकाहरु ।
कबी- भिम बिराग

हेटौंडा-४, मकवानपुर
नेपाल
टेलिफोन नंबर-००९७७-५७-५५७२०४

3 comments:

  1. Very good blog. Thank you for your efforts to compile all such good Nepali creations.

    ReplyDelete
  2. Thank you Mr. Basanta
    for your visiting our site and nice coment.

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin