kavita

कबिता






एक जोडी परेवाको खोजिमा...!

नौलो पछेउरी ओढेर
लमतन्न सुतेको गाउँमा एक्कासी
पक्षघात र हैजाको महामारी फैलियो
गाउँलेहरु बेस्सारी आत्तिएर
देउथान भाकी
एक जोडी सेतो परेवा उडाए
महामारी मत्थर हुन नपाउँदै
एक दिन एकाबिहानै हाँगामा बसेर
कागले समाचार सुनायो-
भाकलमा उडाएका सेता परेवाहरु
देवालायमा घुरघुराउँदा
पुरोहितहरुले भुटन सितन बनाएछन
गाउँलेहरु,
अर्को जोडी परेवा खोज्न गुँडतिर लम्के-
गुँडमा अघिनै कालो सर्प पसेर
निलेछ बचराहरुलाई
डसेछ परेवाहरुलाई
परेवाहरु सर्पदंशित भएछन र,
सर्पदंशित परेवाहरु पनि
सिङ्गो कालखण्डसँगै
कालो सर्प बनेछन्,
गुँडलाई,
नखर्माउलो असिनाले चुटेछ
उखर्माउलो हुरिले लुछेछ
अहिले,
न गुँडहरु छन
न परेवाहरु छन
गाउँलेहरु,
भाकलमा उडाउने
एक जोडी परेवाको खोजिमा भौंतारी रहेछन ।



कबयत्री -निलम कार्की "निहारिका"
काठमाडौं नेपाल
हाल : न्युयोर्क, अमेरिका

2 comments:

  1. katha hunu parrchha gaaunbeshiko
    kabita hunu parchha nilam ji ko ani mazza auuchha kabita ko hridayalaai chumna ma uhi padhante tara hussu dimag rewat khadka Aramco company KSA

    ReplyDelete
  2. निहारिका जीको सुन्दर रचनाहरु पढ्न पाउंदा अर्कै आनन्द हुन्छ । गाउंको बिभत्स रुपलाई कवितामा सुन्दर ढंगले प्रस्तुत गर्ने निहारिका जीको कला/कलमलाई मेरो सलाम ।

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin