kavita

कबिता....!



यत्तिचाँहि भनि देउन........

बिपनिमा देखेकै छु,सपनिमा देख्नै पर्छ
दिनैपिच्छे तिमीलाई एउटा चिट्ठी लेखनै पर्छ
थाहै नपाई मलाई कस्ले मोहनिनै लाको होला!
यत्ती चाँही भनिदेउन किन यस्तो भाको होला!
हाँसेको नि बोलेको नि जे लाएको पनि राम्रो
खोजी गर्छु तिम्रो माया पैचो कस्ले खाको होला
यत्ती चाँही भनिदेउन किन यस्तो भाको होला
कोही भन्दा कम्ती छैन म पनि त संसारमा
माया गर्ने धेरैनै छन तिमी देख्छु आखिरमा
आँफैलाई बिर्सी मेरो बुद्वी कहाँ गाको होला
यत्ती चाँही भनिदेउन किन यस्तो भाको होला!
भित्री मनका कुराहरु भएजती खोलुँ लाग्छ
तिमीलाई देखेपछि आँखा जुधाई बोलुँ लाग्छ
दुख्नसम्म दुख्छ मेरो कलेजी नै खाको होला
यत्ती चाँही भनि देउन, किन यस्तो भाको होला!

तिलोत्तमा श्रेष्ठ
दियाले-३, बिचटोल्,
ओखलढुङ्गा, सागरमाथा
नेपाल

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin