kavita

नयाँ बर्ष तिमी आउ

"कबिता"

नयाँ बर्षा २०६५ तिमी आउ खुशी बनेर,
सम्पूर्ण नेपालीहरु पर्खि बसेछन तिमी आउने दिन गनेर ।
उभिएका छन तिमीलाइ स्वागत गर्न
अग्ला अग्ला पहाडहरु लालीगुराँसको झुन्ड लिएर
लालुपाते फुलेकाछन तिम्रो स्पर्श पाउँन
२०६४ भरिका छिन्न भिन्न दोबाटोहरु
तिम्रै आगमनका लागि एकमुष्ठा भई पर्खि रहेछन ।
यहाँ बयान गरेर साध्य छैन कि
कति आतुर छन तिमीलाई हेर्न
तिम्रो अधरलाई चुम्न, तिमीसँग छाँद हाली खुशीको
आशु रुन, अनि तिमीसँगको एक बर्षभरिको
बिछोडको पिंडा पोख्न,
तिमी एक झलक मुस्कान दिएर बर्षभरि
टाढा हुन्छौ, तिमीलाई थाहा हुन्न तिम्रो
अभाबमा अभिभाबका बिनाको बालबालिका झैं
आफु आँफैमा झगडा गरेर दिनचर्या बिताएका
ठुलदाईले सानोभाइको हातै छिनाइदेको,
सानो भाइनी रिसाएर ठुल्दाइको घरै जलाइदेको,
नयाँबर्ष तिमी बिना बाँच्नुपर्दा यहाँ धेरै कठिनाई छ यहाँ,
छिमेकिनी सबै मिली हाम्रो नै खाल्डो खन्छन ।
जता गयो हामीलाई गिज्याएर हाँस्छन
आउ नयाँबर्ष तिमी अब कहीं नजाउ,
बिग्रेका दाजुभाइको दिमागलाई
राम्रो पाठ पढाउ दाजुभाई दिदिबहिनीलाई
धेरै ठुलो ज्ञानी बनाउ, आउ नयाँबर्ष आउ ।
तिम्रो पर्खाईमा कति दिनहरु बितेकाछन पिंडा र कष्टमा
कति रातहरु बितेकाछन् अनिद्रामा नै,
कति रुएका छन चेलीहरु तिम्रो अनुस्पथितिमा
कति बाँचिरहेका थिए आमाबाबाहरु बिक्षिप्त आत्मा लिएर,
अझै पनि बदलाको बोझ लिएर बाँचि रहेछन
कति दाजुभाईहरु, उनिहरुको शान्तीको दियो बनि आउनेछौ तिमी।
सबैको नयाँ उमंग बनि छायौ

तिमी नयाँ गोरेटो बनेर आउ तिमी,
नयाँ बर्ष तिमी आउ, नयाँ बर्ष तिमी आउ । ।

भोजपुरे ब्लग परिवार

1 comment:

  1. I feel proud when I see bhojpure team. Please let me know if i can be any help for bhojpurian.

    sanju

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin