kavita

मेरि प्यारी नाना सिम्मा !


मेरि प्यारी नाना सिम्मा
मेरो बालापन देखि मलाई
आफ्नो पिठ्युंमा बोकी
मलाई धेरै खुशी बनाँउथिन
मेरो सम्पुर्ण आँशुलाइ
उन्को निश्वार्थ प्यारले
सुकाउँथिन।
मेरी नाना सिम्मा
मेरो भोक प्यासमा
नखाई नपिई मलाई
हरपल ख्वाउँथिन,
मेरी नाना सिम्मा
मैले गर्ने सम्पुर्ण
गल्तिहरु उन्ले आफ्नो
थाप्लोमा लिएर
सबैको गालि उन्ले खान्थिन।
मेरी नाना सिम्मा
प्रत्येक भाईटिकामा
कहिल्यै नओइलिने
फुलहरुको बिचमा
मलाई सजाउँथिन
संघारम ओखर फोडी
दियो सामु राखी
मेरो सफल्ताको
कामना गर्थिन
मेरी नाना सिम्मा
म मुग्लानिएको दिन
त्यो तिम्रो आँशुले
धोएको पछ्यौरि र
मेरो बिदाईमा तिम्रो
कारुणीक रुहाई
म कहिल्यै बिर्सन सक्दिन
यो भाइबिना कसरी
बित्यो होला?
त्यो भाईटिकाहरु र
रक्षा बन्धनहरु,
मेरी प्यारी नाना सिम्मा
आउँदैछु म आउने
भाईटिकामा तिम्रो
हातको फुलमाला
अनि हाम्रो बिगतलाई
दोहोर्‍याउन अनि
तिमिसँगै रमाउन
मेरी प्यारि नाना सिम्माको
मन पर्ने मखमलि चोलि
अनि नाना सिम्माको माया लिएर

चन्द्र बान्तवा राइ

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin