kavita

जिन्दगीमा....


"कविता"

नियतिले ठगिएको यो मेरो जिन्दगीमा
चोटहरु सहने बानी अब परीसक्यो।
दु:खै दु:खले अल्झिएको यो मेरो जिन्दगीमा
आँसु धेरै बग्यो, नयनहरु टोलाइसके।
स्वार्थ लुट्न पाएसम्म जिन्दगीमा सबै आफ्नो
विश्वाले नै लात हान्यो आफन्त नै बिरानो।
पिर व्यथा लुकाएर हाँस्न खोज्छु जिन्दगिमा
ओंठहरु खुल्दैनन हाँसो पनी हराइगयो।
रुँवाउँदै थाकिसकें यो खोक्रो जिन्दगिमा
आँसु बाहेक मेरो लागी खुसी अब पराइ भयो।
कसलाई दोस दिने अब यो अभागी जिन्दगिमा
भाग्यको नै दोस हो कि आफन्तको हेला।
मर्न पनी सकिँदैन न त सक्छु विष पिउन
भाविले नै लेख्यो होला दु:ख पाएर जिउँन।

रुपेश श्याङ्दन
छाप-९ छाप टोल
नुवाकोट

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin