kavita

दुई पत्नी

"कविता"

कोरेर सलाई दियो जलाई।
खाँदै छु कसम छाती दलाई दलाई।
मन्दिरमा गै टिका लगाई ।
लादैंछु कान्छीलाई गाउँ बाट भगाई ।
एक दुई पैसा खर्च चलाई ।
एकान्तमा दुई चार जनालाई बोलाई ।
गर्दैछु बिहे जेठीलाई छलाई छलाई ।
मिठो मिठो पकाई।
जेठी बुढी लाई फकाई।
राख्दैछु कान्छीलाई लुकाई लुकाई ।
तर जेठी ले चाल पाई ।
भनेर कान्छी घरमा ल्याई ।
त्यसैले जेठी कान्छी छुटट्यार।
अब्, जेठी भन्छे मलाई ।
छुत्तै बसौ कान्छीलाई तुरुन्त हटाई ।
तर कान्छी भन्छे मलाई ।
छुट्टै बसौ माइतबाट पैसा मगाई।
यसरी राख्दैछन मलाई अल्ल मल्ल गराई ।
अब त कहिले दिने भो जेठीले पिटाई ।
भनेर जीवन अर्कै सँग बिताइस् ।
कहिले दिने भो कान्छी ले चुताई ।
भनेर जीवन अन्धकारमा लुताइस् ।
कहिले दिने भो बा- आमाले कुटाई ।
भनेर हामीलाई एक्लो बनाइस् ।
अब म अल्लारे ठिटोलाई ।
चार दिशाबाट टेनसन बोकाई ।
र दुईटी पत्नी को मासु टोकाई ।
अब त बस्न सक्दिन यिनिहरु लाई फकाई ।
जान्छु फेरी अर्को खोज्न भोक भोकै ।
ए राता मकै ।
प्रकाश हाङ वनेम लिम्बू
ताप्लेजुङ्, मेची नेपाल,
हाल:काठमाण्डौ

1 comment:

  1. kya gajab chha prakash g tapai ko kabita mero bastabikta sana matra mel nakhara duiti hune ko ta yastai honi.ani tapai lai ramro kabita lekheko ma dhanyabad.

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin