kavita

भोलिको मेरो नेपाल


भोली मेरो नेपाललाई लीलाम बिक्री
गरिरहेका हुनेछन, सबै नेताहरु मिली
त्यहाँ हर्षोउल्लाशको बातावरण हुनेछ
जता-ततै बम्-बारुदको झिलिमिली
नेताहरु एक-अर्कामा होडबाजी चल्नेछ
मेरो नेपाल आमाको लीलाम डोलरमा हुनेछ
त्यहाँ एउटा जटिल समस्या आउनेछ , त्यहाँको जनता-को
एकपटक सबै नेता मिली सोंच्छन तन्-मन लिएर
समस्याको समाधान यसरी निकल्नेछन
तिस- बत्तिस वटा क्रान्तिकारी त भैसके
अरु पनि थप चालिस पैतालिश बनाउँ
यहाँ जनतालाई पारीहाल्नेछन छन खाली
भोलिको नेपाल एउटा नाङ्गै नाच्नेको देश बन्नेछ
यहाँ ठुला-ठुला बम बारुदको खाना बन्नेछ
असली नसालु पेय पदार्थको भट्टी खोलिनेछ
भोलिको मेरो नेपाल यस्तै एउटा नेपाल हुनेछ

बि. जे. बान्तवा राई

भोजपुर, ठुलोदुम्मा- ९

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin