"कविता"
युगौ देखि जेलिएको, पासो फुकाउन।
चर्कोहुरी चल्नु पर्थ्यो, ओठ सुकाउन।
बल्ल आज मौका आयो, मुल्य चुकाउन ।
जाँची हेरौ नयाँ शक्ती, देश उठाउन ।
पुरानोको अभिशप्त, पिडा भुलाउन ।
बगैचामा ताजा नयाँ फुल फुलाउन ।
बिज्ञान र चेतनाको द्दार खुलाउन ।
जाँची हेरौ नयाँ शक्ती, देश उठाउन ।
विधवा र टुहुराका, आँशु पुछाउन ।
शहिदका राता रगत्, ताजा बनाउन।
बेथिती र कुरितिका, हाण्डी फुटाउन ।
जाँची हेरौ नयाँ शक्ति, देश उठाउन ।
हिमाल पहाड तराईको रुप मिलाउन ।
गरिबिले च्यातिएको मन सिलाउन ।
माटो प्रति कर्तब्यको हक दिलाउन ।
जाँची हेरौ नयाँ शक्ती, देश उठाउन ।
वाध्य भयो बादशाह शिर झुकाउन ।
सक्दैनन ति जल्लादहरु, पाप लुकाउन ।
जस्ले सक्यो घाम जस्तै, सत्य बुझाउन ।
जाँची हेरौ नयाँ शक्ती, देश उठाउन ।
जन मन धन जस्ले सक्यो जुटाउन ।
जड भरत कालो सत्ता, सक्यो तुटाउन ।
लाल सत्ता तयारी छ, दर्द छुटाउन ।
जाँची हेरौ नयाँ शक्ती, देश उठाउन ।
चुनौतिका पर्खालहरु मिली ढलाउन ।
दासत्व र विभेदमा आगो जलाउन ।
राज्य यन्त्र बिज्ञानले, कुशल चलाऊन ।
जाँची हेरौ नयाँ शक्ती, देश उठाउन ।
नवराज सिम्खडा
भरतपुर-१२ चितवन
हाल: ईराक
No comments:
कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)