kavita

आग्रह........


"कविता"
सल्लेरिमा हावा चल्दा
मेरी माया सुसाउँछिन
अँधेरिमा दियो जल्दा
उनि फेरी मुस्कुराउँछिन
पुर्णिमामा जुन फुल्दा
सितलबनी धर्ती चुम्छिन
बिहानीको किरणसगै
क्षितिज वारी मलाई छाडछिन
स्पर्शले बाँध्न खोज्छु
जब तिमी धर्ती झर्दा
अनयाँसै टाढैबाट
बिलिन भ इ तिमी भाग्छौ
फूल नै फूलको बगैचामा
गुलाफ बनी फक्रीदेउ
एकै पटक भएपनि
केवल बर्षा बनी बर्सिदेउ
डाँडा काँडा पहरा भित्ता
खोजिरहेछन तिमीलाई
थोरै भएपनि बिस्वासदेउ
जिउँना सकौ यो जुनिलाई
कित लैजाउ आइ मलाई
तिम्रो न्यानो साथमा
कित सकौ भुल्न तिमीलाई
सपनारुपी रातमा । ।

देबेन्द्र थापा
बसन्तपुर बजार
तेह्रथुम
कोशी नेपाल
ईमेल : thapaeverest@yahoo.com

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। -(भोजपुरे एडमिन परिवार)

Blog Widget by LinkWithin